सामान्यतया हामीलाई मानिसकाे शरीरमा दुई वटा स्तन (निप्पल) हुन्छन् भन्ने थाहा छ। तर, कतिपय मानिसकाे शरीरमा दुई स्तनका अतिरिक्त अन्य एक वा एकभन्दा बढी स्तनमुखहरु पनि हुने गर्छन, जसलाई थर्ड निप्पल (तेस्राे स्तन) वा सुपरन्युमेररी निप्पल भनिन्छ।
संसारमा यस्ताे खालका अतिरिक्त स्तन कति मानिसमा छन् भन्ने यकिन भने गरिएकाे छैन। यद्यपि, एक अध्ययनले अमेरिकाका करिब दुई लाख मानिसहरुमा अतिरिक्त स्तन (थर्ड निप्पल) भएकाे रिपाेर्ट सार्वजनिक गरेकाे थियाे। साे रिपाेर्टले महिलाहरुमा भन्दा पुरुषहरुमा यस्ता अतिरिक्त स्तन बढी मात्रामा हुने उल्लेख गरेकाे छ। रिपाेर्टअनुसार एक मानिसमा एकदेखि आठ वटासम्म त्यस्ता अतिरिक्त स्तन भेटिएका छन्। संसारका केही सेलिब्रेटीहरुमा पनि यस्ता स्तनहरु रहेकाे पाइएकाे छ, जुन सार्वजनिक छन्।
०००
तेस्रो वा अतिरिक्त स्तन सामान्यतया नियमित रूपमा विकसित हुँदैन। त्यसैले मानिसले आफ्नाे शरीरमा भएका यस्ता स्तन झट्ट पहिचान गर्न सक्दैनन्। केही स्तनहरु त स-साना बम्पहरु जस्तै हुन्छन्। तेस्रो निप्पलहरू प्रायः ‘दूध रेखा’मा हुन्छन्। दूध रेखा भन्नाले मानिसको शरीरको अगाडिको भागलाई बुझाउँछ जुन, काखबाट सुरु हुन्छ र स्तन वरिपरि फैलिएकाे हुन्छ। केही स्तनमुखहरु मानिसकाे हात वा खुट्टाहरुमा पनि हुन्छन्, जसलाई एक्टोपिक सुपरन्यूमररी निप्पल भनिन्छ। पूर्ण रुपमा विकास भएकाे अवस्थामा अतिरिक्त निप्पलहरुबाट स्तनापन समेत गराउन सकिन्छ।
अतिरिक्त स्तन बच्चा गर्भमा भ्रूण अवस्थामा विकास हुँदै विकास भइरहेका हुन्छन्। अतिरक्त स्तन गर्भावस्थाको चौंथो हप्ताको दौडानमा विकसित हुन थाल्दछन्।
अतिरिक्त स्तन (निप्पल) हटाउन सम्भव छ ?
सामान्यतया स्वास्थ्यका हिसाबले अतिरिक्त स्तनहरु हटाउन आवश्यक छैन। सुपरन्यूमेररी निप्पलले स्वास्थ्यमा त्यस्ताे कुनै असर गर्दैन। तर, तिनीहरूलाई हटाउन चाहेमा हटाउन पनि सकिन्छ। न्यूनतम दुखाइ र रिकभरी समयको साथ अतिरिक्त स्तनहरू सर्जरीकाे माध्यमबाट हटाउन सकिन्छ। याे सर्जरी केही महंगाे हुनुका साथै सबै ठाउँमा उपलब्ध नहुन पनि सक्छ।
सम्भावित जटिलताहरू
सामान्यतया अतिरिक्त स्तनहरुले स्वास्थ्यमा समस्या उत्पन्न गर्दैनन्। तथापि, कुनै अवस्थामा याे खतरापूर्ण पनि हुन सक्छ। यसका कारण मानिसमा घाटक राेग वा ट्युमर हुने सम्भावना पनि रहन्छ। स्कारामांगाको जीन भनिने अतिरिक्त निप्पलको कारण बन्न सक्ने एउटा जीन कारण स्तनमा जस्तै अतिरिक्त निप्पलहरुमा स्तन क्यान्सर हुन सक्छ। भने, मृगाैला काेषमा पनि यसले समस्या उत्पन्न गर्न सक्छ। यी त सम्भावित कुरा हुन्, त्यसैले आत्तिहाल्नु पार्ने कुनै कारण छैन। तर, यस्ता स्तनहरुमा दुखाइ, नयाँ गाँठाहरु देखिएमा वा कुनै तरल पदार्थ चुहिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार गर्नुपर्छ। किनभने, यस्ता लक्षणले भविष्यमा क्यान्सर वा ट्युमरजस्ता राेगहरु निम्त्याउन सक्छ।