हजाराैँ सोमालीहरू द्वन्द्वका कारण इथियोपिया पलायन

उत्तरी सोमालियाको लास एनोडमा सुरक्षा बल र जातीय समुदायका नेताहरूबीचको झडपपछि पछिल्ला केही हप्ताहरूमा ६० हजारभन्दा बढी सोमालीहरू इथोपिया पलायन भएका छन्।

द्वन्द्वको चपेटामा परेर पलायन हुनेहरूमा प्रायः महिला र बालबालिकाहरू रहेको संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले शुक्रबार जनाएको छ।

युनएचसीआरले फेब्रुअरीको शुरुदेखि लास अनोड शहर र यसको वरपरका क्षेत्रहरूबाट एक लाख ८५ हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाएको छ। यसले सबै पक्षहरूलाई नागरिकहरूको सुरक्षाको सम्मान गर्न आह्वान गरेको छ। साथै नव विस्थापितहरूको आवश्यकताहरू पूरा गर्न थप सहयोगका निम्ति अनुरोध पनि गरेको छ।

राहतका सीमित विकल्पहरूका बीच नव विस्थापित शरणार्थी परिवारहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिन वाध्य छन्। तिनीहरूलाई तत्काल पानी र खानाको आवश्यकता छ रहेको युएनएचसीआरले उल्लेख गरेको छ।

लस अनोड शहरमा द्वन्द्व र असुरक्षाबाट जोगिएका ६० हजार सोमालीहरूमध्ये आधाभन्दा बढी यसअघि नै इथियोपिया पुगिसकेका छन्।

युएनएचसीआरका अनुसार द्वन्द्वबाट भागेकाहरू थकित र आघातग्रस्त देखिन्छन्। उनीहरू सुरक्षित स्थानमा पुग्न यातायात भाडाका लागि आफूसँग भएका सामानहरू बेच्न वाध्य छन् भने कतिपयले विभिन्न स्थानका झडपमा आफ्ना प्रियजनहरू समेत गुमाएका छन्। कतिपय बाटामै छुटेका छन्। परिवार क्षतविक्षत बएको छ।

प्रकाशित मिति: : 2023-02-18 06:48:00

प्रतिकृया दिनुहोस्