यू- १९ क्रिकेट कप्तानमा देव खनाल नियुक्त

यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी देव खनालले गर्ने भएका छन्।

मंगलबार नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ती जारी गर्दै उक्त निर्णय गरेको हो। 

यसअघि क्यानले यू- १९ कप्तानीको जिम्मा गुलशन झालाई दिएको थियो, तर उनी सिनियर टोलीसँग युएइमा खेल्ने भएकाले क्यानले यो जिम्मा देवलाई दिएको हो। 

यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुँदैछ, भने प्रतियोगिता खेल्ने राष्ट्रिय टोली बुधबाार युएइ इजाँदै छ।

प्रकाशित मिति: : 2023-02-22 10:55:00

प्रतिकृया दिनुहोस्