सन्दीप लामिछाने भन्छन्- मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला जितेपछि दर्शकप्रति आभार व्यक्त गरेका छन्। 

मंगलबार कीर्तिपुरस्थति त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्टलाई पराजित गर्दै नेपाल विजयी भएपछि लामिछानेले बुधबार  समाजिक सञ्जालमार्फत दर्शकप्रति धन्यवाद प्रकट गरेका हुन्। 

उनले नेपालले क्रिकेट जितेकोमा खुसी व्यक्त गरेका छन्। 'मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ.. यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु', उनले लेखेका छन्।

५ महिना हिरासतमा बसेर मैदानमा फर्किएका लामिछानेले क्रिकेटमा उत्कृष्ट कम्ब्याक गरे। घरेलु मैदानमा आयोजना भएको प्रतियोगितामा उनले ४ खेलमा १३ विकेट लिन सफल भए।

प्रकाशित मिति: : 2023-02-22 11:38:00

प्रतिकृया दिनुहोस्