फिल्म निर्देशन गर्दै प्रकाश सपुत

गायक प्रकाश सपुत फिल्म निर्माणमा जुटेका छन्। उनी आगामी वैशाखमा  फिल्म घोषणा गर्ने तयारी छन्। 

सपुतकाे पहिलाे फिल्म ‘परदेशी २’ रिलिजकाे क्रममा छ। उनले फेसबुकमा एक स्टाटस पोस्ट लेख्दै, फिल्म निर्माणतर्फ लाग्ने संकेत गरेका हुन्। उनले लेखेका छन्, ‘बीचमा अलिकति अलमलिएँ।

अब चाहिं नयाँ पागलपन सुरु भएको छ। पागलपनभित्र पाक्दैछ नयाँ परिकार। प्रतीक्षा गर्नुहोला।’ सपुतले आफ्ना अघिल्ला अन्तर्वार्तामा समेत फिल्म निर्माणको योजनाबारे संकेत गरेका थिए।

प्रकाशित मिति: : 2023-02-28 14:20:00

प्रतिकृया दिनुहोस्