नामाकरणका लागि प्रदेशसभामा सुरक्षा व्यवस्था कडा, विराटनगरमा निषेधित क्षेत्र घोषणा 

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र निषेधित क्षेत्र घोषणा गरेको छ।

प्रदेशसभा नामाकरणको विषय टेबल हुँदा विरोध, धर्ना, जुलुस, झडप हुने सम्भावना रहेको भन्दै उक्त क्षेत्र निषेधित घोषणा गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख तिर्थराज भट्टराईका अनुसार विराटनगरको देवकोटा चोकदेखि अस्पताल चोक र जिल्ला प्रशासन कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस्तै मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री निवास वरपर पनि कुनै प्रकारका विरोध, धर्ना, जुलुस, झडप हुन नदिन दिउँसो ३ बजेदेखि अर्को आदेश नआएसम्म निषेधित क्षेत्र घोषणा गरेको भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-01 13:23:00

प्रतिकृया दिनुहोस्