कोसी नामबाट कांग्रेस 'ब्याक', फिर्ता लियाे समर्थन

नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न दिएको समर्थनबाट 'ब्याक' भएको छ।

यसअघि नेकपा एमालेले प्रदेशको नाम कोसी राख्न गरेको प्रस्तावमा नेपाली कांग्रेसले समर्थन गरेको थियो।

एमाले सांसद राम मगरले गरेको प्रस्तावमा कांग्रेसका भूमिप्रसाद राजवंशीले समर्थन गरेका थिए। कांग्रेस संसदीय दलले समर्थन फिर्ता लिएको प्रदेशसभा सचिवालयमा निवेदन दिएको छ।

कांग्रेस स्रोतका अनुसार माओवादी केन्द्रले कोसीमा मतदान गर्ने भनेर समर्थक नबसेपछि कांग्रेस ब्याक भएको हो। माओवादी भने कोसीमै मतदान गर्ने पक्षमा छ।

प्रकाशित मिति: : 2023-03-01 13:42:00

प्रतिकृया दिनुहोस्