सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीले कुनै समय सुदूरपश्चिमका नागरिकहरु रोजगारीका लागि भारतको बम्बै लगायतका सहर जाँदा खाली हुने यहाँका गाउँ बस्तीको पीडा र यर्थातलाई देउडा भाकामा पस्किएको दशकौंपछि उनकी सुपुत्री श्रृंखला जोशीको ‘सिड्नी झाने रेल’ले यतिबेला बजार तताएको छ।
अस्ट्रेलियाकाे सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिती बाक्लो देख्नुका साथै बुवा नन्दकृष्णको ‘बम्बै झाने रेल’लाई रिमेक गरेर दुई साताअघि ‘सिड्नी झाने रेल’ म्युजिक भिडियो बजारमा ल्याएकी हुन।
‘सुदूरका नागरिक कर्मथलो बनाउने बम्बै अनि बुवाले गाउनुभएको बम्बै झाने रेललाई सिड्नी झाने रेलसम्म पुर्याएँ,’ उनले भनिन,‘सिड्नीमा पनि सुदूरको झ–झल्को आउने गरी पश्चिमेली देखेपछि सिड्नीको रेल ल्याउन तल्लीन भएँ।’
नयाँ शैली र शब्द संयोजन गरेर ल्याएको आफ्ने गीतले देउडालाई थप परिचित गराएको उनको भनाइ छ। ‘गीत/संगीत रमाइलोसँगै संस्कृति जर्गेनाको महत्वपूर्ण पक्ष पनि हो,’ उनले भनिन,‘आफू जहाँ भए पनि आफ्नो संस्कृति जोगाइ राख्नुपर्छ भन्ने हो।’
रमन झाले निर्देशन गरेको उक्त गीतमा भुपेन्द्र सिंह र पूर्णिमा सिंह शाहीले अभिनय गरेको म्युजीक भिडियो अस्ट्रेलियाका विभिन्न सहरमा छायांकन भएको छ।
भिडियाे: