भीम सार्कीकाे अर्धशतकीय इनिङमा नेपालले युएईलाई दियाे २३० रनकाे लक्ष्य

युएईमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गतकाे खेलमा नेपालले युएईलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ।

दुबई इन्टरनेशनल स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय २९ रन बनाएकाे हाे।

नेपालकाे लागि भीम सार्कीले अर्धशतकीय इनिङ खेले। सार्कीले ९९ बलमा ७० रन बनाए।

त्यस्तै आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ र ज्ञानेन्द्र मल्ले १७ रन बनाएर आउट भए।

यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए।

प्रकाशित मिति: : 2023-03-06 15:21:00

प्रतिकृया दिनुहोस्