त्रिकोणात्मक प्रेमकथामा आधारित 'प्रेमा'

नेपाली फिल्म 'प्रेमा' को ट्रेलर सार्वजनिक भएको छ।

गोविन्द सिंह भण्डारी लिखित तथा निर्देशित उक्त फिल्म शुक्रबार बाघठाटा फिल्म फ्याक्ट्री युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठबीचको त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ।

बाघठाटा फिल्म फ्याक्ट्री ब्यानरको फिल्म निर्माणमा निर्देशक गोविन्दसँगै विवेक घिमिरेले सहकार्य गरेका छन्। 

फिल्ममा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)लगायत कलाकारको अभिनय छ। यो फिल्म चैत १७ गतेदेखि प्रदर्शन हुनेछ। 

प्रकाशित मिति: : 2023-03-11 13:49:00

प्रतिकृया दिनुहोस्