आइसीसी लिग– २: पपुवा न्युगिनीले नेपालाई दियो ९६ रनको लक्ष्य

आइसीसी विश्वकप लिग-२ को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा पपुवा न्यूगिनीले नेपालाई ९६ रनको लक्ष्य दिएको छ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्यूगिनी पिएनजी ३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो।     

नेपालका लागि सन्दीप लामिछानेले पाँच, सोमपाल कामी एक कुशल मल्ल तथा ललित राजवंशीले दुई विकेट लिएका थिए। नेपालले यसअघि घरेलु मैदानमा भएको खेलमा गत बिहिबार पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ।

आज पनि नेपाल पपुवा न्यूगिनीलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। नेपालले आईतबार युएईलाई १७७ रनले पराजित गरेर ओडिआईको मान्यता प्राप्त गरिसकेको छ।

प्रकाशित मिति: : 2023-03-13 11:47:00

प्रतिकृया दिनुहोस्