शंकरदेवमा चुनावी राैनक (तस्बिरहरू)

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेकाे छ।

देशभरिका ६२ आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। मतदान दिउँसो ४ बजेसम्म हुनेछ।

१४ वर्षपछि भएको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन्। विद्यार्थीहरू बिहानैदेखि लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन्।

त्रिविअन्तर्गतकै शंकरदेव क्याम्पसमा पनि मतदान जारी छ। लामाे समयपछि भएकाे मतदानमा सहभागी हुन पाउँदा विद्यार्थीहरू उत्साही छन्। मतदानलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति: : 2023-03-19 11:06:00

प्रतिकृया दिनुहोस्