स्ववियु निर्वाचन: कतै उत्साह, कतै तालाबन्दी 

BreaknLinks
BreaknLinks

१४ वर्षपछि आइतबार (आज) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पूर्ण रुपमा हुन सकेन। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका क्याम्पसमा तोकिएको निर्वाचनमा कतै उत्साहका साथ हुँदा कतै क्याम्पसहरुमा तालाबन्दी भएको छ। भने, केही क्षेत्रमा मतदानका क्रममा विवाद हुँदा तनाव उत्पन्नसमेत भएकाे छ।

०६५ सालदेखि विवादका कारण रोकिएको स्ववियु निर्वाचन १४ वर्षपछि हुँदासमेत सबै क्याम्पसहरुमा हन नसकेपछि विद्यार्थीहरु निराश भएका छन्। त्रिविअन्तर्गत देशभरका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा निर्वाचन तोकिएको थियो।



त्रिभुवन विश्वविद्यालयमा यसरी हुँदैछ मतदान (तस्बिरहरू)

शंकरदेवमा चुनावी राैनक (तस्बिरहरू)



निर्वाचन तोकिएकामध्ये ६० आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा विद्यार्थी संगठनहरुबीच विवाद हुँदा निर्वाचन रोकिएको छ। काठमाडौं उपत्यकाका आर.आर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्श क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन हुन सकेन।

यस्तै उपत्यका बाहिर सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा लगायत क्याम्पसमा निर्वाचन रोकिएको छ।

स्ववियु निर्वाचन रोकिएपछि विद्यार्थीहरु आक्रोशित छन्। निर्वाचन रोकिएकोमा एकले अर्को विद्यार्थी संगठनलाई आरोपित गर्दै विद्यार्थी संगठन उम्कन खोजका छन्। आर.आर क्याम्पसका नेकपा (एमाले)निकट अनेरास्ववियुका नेता जन्मदेव उपाध्यायले हार्ने मानसीकता बोकेका विद्यार्थी संगठनहरुका कारण आर.आरमा स्ववियुको निर्वाचन रोकिएको जिकिर गरे।



काठमाडौँका यी क्याम्पसहरुमा राेकियाे स्ववियु निर्वाचन

कर्णालीकाे एक मात्र आङ्गिक क्याम्पस जुम्लामा चुनावी राैनक(तस्बिरहरू)



उनले स्ववियु निर्वाचन विद्यार्थीको उत्सव रहेको बताउँदै निर्वाचन रोकिनु दुःखद रहेको बताए। उनले भने, ‘विद्यार्थी संगठन विद्यार्थीका हकहितका लागि काम गर्ने संगठन हुन। यो निर्वाचनले आज भइरहेको बेतिथिलाई समाधान गर्ने भएका कारण यो विद्यार्थीको उत्सव हो। निर्वाचन रोकिनु दुःखद हो।’

त्रिचण्द्र क्यापमसका विद्यार्थी सुमन बसौलाले निर्वाचन रोकिनु विद्यार्थीको हतहित कुण्ठित बन्नु रहेको तर्क गरे। निर्वाचन रोकिनु लोकतान्त्रिक प्रद्धतिको विधी विद्यानको उल्लंघन रहेको उनको बुझाइ छ।

मतदानपछि उत्साहित विद्यार्थी, समस्या समाधन हुने अपेक्षा

विद्यार्थी संगठनहरुबीच विवाद हुँदा विभिन्न क्याम्पसमा स्ववियु निर्वाचन रोकिए पनि निर्वाचन भएका क्याम्पसमा भने विद्यार्थीहरु खुसी छन्। त्रिविको केन्द्रीय क्याम्पसमा भएको मतदानपछि बिएल नेपाली सेवासँग कुरा गर्दै विद्यार्थीहरुले लामो समयको अन्तरालमा भएको निर्वाचनले उत्साहित बनाएको बताए।

विद्यार्थी नेत्रबहादुर खत्रीले दुई–दुई वर्षमा हुने निर्वाचन १४ वर्षपछि भएकोमा खुसी लागेको बताए। उनले भने,‘लामो समयपछि भएको निर्वाचनले हामीलाई खुसी बनाएको छ। अब स्ववियु निर्वाचन नियमति दुई–दुई वर्षमामा होस्।’

पूजा चन्दले जीवनमै पहिलो पटक मदान गरेको भन्दै नयाँ अनुभव भएको बताइन। उनले अब आउने विद्यार्थी नेताहरुले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्ने अपेक्षा व्यक्त गरिन्। उनले भनिन्, ‘विश्वविद्यालयमा धेरै समस्या छन्। अब नयाँ आउने स्ववियुका प्रतिनिधिले समस्या समाधान गर्न स्ववियुको भुमिका खेल्नेछन्।’

चन्दले विश्वविद्यालयमा अतिरिक्त कक्षा नहुने गरेको। नियमित कक्षा पनि नहुने गरेको बताउँदै यो समस्या समाधान हुनेमा विश्वास व्यक्त गरिन्। विद्यार्थी सुदर्शन पाण्डेले त्रिविमा धेरै समस्या रहेको र अब स्ववियुको निर्वाचनपछि विद्यार्थीको अवाज सुनिने आशा जागेको बताए।

यस्तै अञ्जना गुरुङले नियमित कक्षा सञ्चालन, पुस्तकालयको समस्या समाधान हुने अपेक्षा व्यक्त गरिन्।

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ।

भिडियाे:

फाेटाे/भिडियाे: शनि शाक्य, रविन पुन मगर (आइडु) र ध्रुब बस्याल।

प्रकाशित मिति: : 2023-03-19 18:40:00

प्रतिकृया दिनुहोस्