दलालले झुक्याएर भिजिट भिसामा पठाएका श्रमिकको शव ५६ दिनदेखि दुबईमा

नयाँ पत्रिका दैनिक

मणिलाल विश्वकर्मा

सिराहाको धनगढीमाई नगरपालिका– ६ कट्टीटोलका ५४ वर्षीय किशोर यादव र उनकी पत्नी ४७ वर्षीया झुनियादेवीको आँखा नओभाएको झन्डै दुई महिना भयो ।

बहिनीको विवाहमा लागेको ऋण तिर्ने र झुपडीमा बसिरहेका आमाबुबालाई नयाँ घर बनाएर राख्ने सपनासहित दुबई उडेको जेठो छोरो सन्तोष कहिल्यै नफर्किने गरी उतै अलप भएपछि यादवदम्पतीको भोकप्यास हराएको छ । उनीहरू छोराको शवको पर्खाइमा छन्, तर ५६ दिन बितिसक्यो, शव कहिले आउँछ अझै टुंगो छैन । 

प्रकाशित मिति: : 2023-03-20 10:59:00

प्रतिकृया दिनुहोस्