मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या

सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाम्बारीको उत्तरमा रहेको सुन खानी। फाइल फोटो: रोयटर्स
सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाम्बारीको उत्तरमा रहेको सुन खानी। फाइल फोटो: रोयटर्स

मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू'ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ।
 
आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ।

मध्य शहरका मेयर एबेल म्याचिपाटाले बाम्बारी नजिकै बिहान ५:०० बजे ‘सशस्त्र व्यक्तिहरू'ले विदेशी कामदारमाथि आक्रमण गरेको पुष्टि गरेका छन्।

उनले भने, 'आक्रमणका कारण ‘नौ जनाको मृत्यु भएको र र दुई जना घाइते भएको' र मृतकहरू आफ्नो शहरबाट २५ किलोमिटर टाढा गोल्ड कोस्ट ग्रुपले सञ्चालन गरेको खानीमा चिनियाँ कामदार रहेको बताए।

चीनको विदेश मन्त्रालयले मृतकको सङ्ख्या पुष्टि गरेको छ। सीले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई हत्यामा संलग्नहरूलाई ‘कडा सजाय' दिन आग्रह गरेको पनि मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति सीले घाइतेको उपचार गर्न, घटनाको समयमा नै व्यवस्थापन गर्न, दोषीलाई कानूनबमोजिम कडा सजाय दिन र चिनियाँ नागरिकको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गर्न आदेश दिनुभएको छ।' स्थानीय अधिकारीहरूले आक्रमणको थप विवरण सार्वजनिक गरेका छैनन् र यसको जिम्मेवारी पनि लिएका छैनन्।

एएफपीका एक पत्रकारका अनुसार चिनियाँ राजदूत ली किन्फेङ र मध्य अफ्रिकी गणतन्त्रका विदेशमन्त्री सिल्भी बाइपो टेमोनको पहलमा मृतकको शव राजधानी बान्गुईस्थित एक अस्पतालमा लगिएको छ। 

प्रकाशित मिति: : 2023-03-20 12:00:00

प्रतिकृया दिनुहोस्