आरआर क्याम्पसले गर्‍याे जनचेतना फैलाउने कार्यक्रम

पर्यावरणका लागि विद्यार्थी

मदन नेपाली

काठमाडौं

रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का विद्यार्थीहरुले हरियाली जाेगाउन जनचेतना फैलाउने कार्यक्रम गरेका छन्। 

अन्तराष्ट्रिय भू–तथा मौसम दिवसको अवसरमा विद्यार्थीहरुले ‘पर्यावरणका लागि विद्यार्थी’ भन्ने नाराका साथ क्याम्पसमा उक्त कार्यक्रम गरेका हुन्।

विद्यार्थीहरुमा हरियाली जोगाउन जनचेतना फैलाउनका लागि गरिएको उक्त कार्यक्रममा पाँच सय जना भन्दा बढी विद्यार्थीहरुले हरियाे कलमले हस्तक्षर गर्दै कार्यक्रममा सहभागिता जनाएका थिए।

त्यसैगरी हस्तक्षर गरिएको हरियो कलमले हरियालीको संरक्षण गर्नुपर्छ भन्ने संकेत दिएको नेविसंघका विद्यार्थी नेता विनोदराज जाेसीले बताए। 

माछापुच्छे हिमालको तस्बिर देखाउँदै उनले भने, ‘यो हिमाल पहिले र अहिले कस्तो छ? यो फोटोमै देख्नसक्नु हुन्छ। अहिले चैत लागि सक्दा कति जाडो छ? यस्ता तमाम समस्या निम्ताउने भनेकै मौसम परिवर्तन हो। मौसम परिवर्तन हुन नदिन हामीले बोटबिरुवा रोप्नुपर्छ र सबै जनमासमा यो सन्देश  पुर्याउनुपर्छ।’


 

प्रकाशित मिति: : 2023-03-23 12:12:00

प्रतिकृया दिनुहोस्