अमेरिकाकाे दक्षिणी राज्यमा आँधीबेहरीः बाइडेनद्वारा सङ्कटकाल घोषणा

File Photo
File Photo

अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन्।

उनले सङ्कटकालको घोषणालाई अनुमोदन गर्दै शुक्रबारदेखि शनिबारसम्म 'भीषण आँधीबेहरी र चक्रवात'बाट प्रभावित क्षेत्रहरूमा पुनः स्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन्।

मिसिसिपी आपतकालीन व्यवस्थापन निकायले एक विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहनसक्ने बताएको छ।

विज्ञप्तिमा भनिएको छ, 'मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ। अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकोले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ।'

विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै भनेको छ, 'चक्रवातको सम्भावनालाई नकार्न सकिंदैन।'

प्रकाशित मिति: : 2023-03-27 05:24:00

प्रतिकृया दिनुहोस्