डोनल्ड ट्रम्प मंगलबार आत्मसमर्पण गर्दै: दुई प्रश्नको उत्तरको पर्खाईमा सारा विश्व

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार अपरान्ह न्युयोर्कको म्यानह्ट्टनस्थित डिस्ट्रिक्ट कोर्टमा आत्मसमर्पण गर्ने भएका छन्। यो समय नजिकिदै गर्दा सारा विश्व दुईवटा प्रश्नको उत्तर पर्खिरहेको छ। पहिलो,  ट्रम्पलाई हत्कडी लगाएर पर्प वाक गराइएला ? दोस्रो, ट्रम्पलाई जेल पठाइएला ?

अमेरिकाको इतिहासमै पहिलोपटक कुनै पनि पूर्वराष्ट्रपति फौजदारी मुद्दाको अभियोग लागेर अदालत बाहिर उभिन लागेको यो आफैंमा एक ऐतिहासिक क्षण हो। पर्प वाक भनिने यो क्षण मिडियामा कस्तो देखिएला, अमेरिका त यसको प्रतिक्षामै छ, बाँकि विश्व पनि यो दृश्य हेर्ने व्यग्र प्रतिक्षा गरिरहेकै हुनुपर्छ।

पर्प वाक के हो ?

कुनै पनि अभियुक्तलाई अदालतभित्र लैजानुअघि अदालत बाहिर उभ्याइन्छ। केहीलाई हत्कडी लगाएर केहीलाई त्यसै। यसरी उभ्याइएका अभियुक्तले मिडियाकर्मीको भीँडको सामाना गर्नुपर्ने हुन्छ। यही प्रक्रियालाई पर्प वार्क भनिन्छ।

यसरी जाने केही अभियुक्तलाई हत्कडी लगाएर लगिन्छ भने केहीलाई त्यतिकै पनि लगिन्छ।

कसरी अघि बढ्छ ट्रम्पविरूद्धको अदालती प्रक्रिया ?

यसरी पर्प वाक छिचोलेर अदालतभित्र छिरेपछि ट्रम्पविरूद्धको अभियोगपत्र पढेर सुनाइन्छ। अहिलेसम्म गोप्य राखिएको अभियोग त्यतिबेलै सार्वजनकि हुन्छ। वास्तवमा अहिलेसम्म पनि उनीविरूद्ध लगाइएको अभियोग सार्वजनिक भएको छैन। धेरैले अनुमान गरेका छन् कि ट्रम्पविरूद्ध २०१६ को राष्ट्रपति चुनावको चन्दा रकमबाट पोर्नस्टार स्टर्मी डेनियल्सलाई एकलाख ३० हजार घुस दिइएको अभियोग लगाइएको हुनुपर्छ।

अभियोगपत्र पढेर सुनाइसकेपछि ट्रम्पलाई दोषी रहे वा नरहेकोबारे सोधिनेछ। स्वभावैले उनले आफू दोषी नभएको दाबी गर्नेछन् र स्वैच्छिक रूपमा अदालत र सुनवाइमा उपस्थित हुने प्रतिबद्धता जनाउँने छन्।

ट्रम्पको अनुरोध सुनेपछि न्यायाधीशले उनलाई धरौटीमा छोड्ने कि जेल पठाउने निर्णय गर्नेछन्। धेरैले उनलाई धरौटीमा छोडिने सम्भावना रहेको बताए पनि केहीले जेल पठाइन पनि सक्ने बताएका छन्।

ट्रम्प जेल पठाइएलान् त ?

ट्रम्पको अनुरोध सुनेपछि न्यायाधीशले उनलाई धरौटीमा छोड्ने कि जेल पठाउने निर्णय गर्नेछन्। धेरैले उनलाई धरौटीमा छोडिने सम्भावना रहेको बताए पनि केहीले जेल पठाइन पनि सक्ने बताएका छन्।

उत्सुक छ अमेरिका, उत्सुक छ विश्व ?

मंगलबार के होला ? खासगरी दुईवटा प्रश्नहरूको उत्तर जान्न उत्सुक छ अमेरिका, उत्सुक छ विश्व। पहिलो प्रश्न हो, ट्रम्पलाई हत्कडी लगाएर पर्प वाक गराइएला ? दोस्रो हो, ट्रम्पलाई जेल पठाइएला ?

कोसँग छ यी दुई प्रश्नको उत्तर ?

यी दुई प्रश्नको उत्तर कोहीसँग छ भने त्यो नाम हो, वान मर्चेन। उनी यो बहुचर्चित मुद्दा हेर्ने न्यायाधीश हुन्। विगत १५ वर्षदेखि न्यायाधीश रहेका उनले यसअघि ट्रम्पलाई कर छली गरेको फैसला गर्दै १.६१ मिलियन डलर जरिवाना गराएका थिए। यही मुद्दा ट्रम्पका प्रमुख बित्त अधिकारी एलेनलाई पाँच महिना थुनामा पठाएका थिए। जुन मुद्दाविरूद्ध ट्रम्पले पुनरावेदन नगरी जरिवाना तिरका थिए।   

प्रकाशित मिति: : 2023-04-03 03:49:00

प्रतिकृया दिनुहोस्