साथीको नग्न तस्विर हुनेवाला श्रीमानलाई पठाउँदा देवकीलाई परेको फसाद...

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

आफन्तको दबाबमा धनुषाकी २६ वर्षीया सुस्मिता (नाम परिर्वतन)ले ३० वर्षे युवकसँग विवाह गरिन्। आफन्तको दबाबमा विवाह गरेका कारण उनीहरुको दाम्पत्य जीवन राम्रो हुन सकेन। उनीहरुबीच दिनहुँ लफडा हुन थाल्यो। बिरक्तिएकी सुस्मिता पतिलाई छाडेर रोजगारीका लागि सयुक्त अरब इमिरेट्स् (यूएई) पुगिन्। त्यहाँ पुगेपछि उनी बिस्तारै सामाजिक सञ्जाल टिकटकमा रमाउन थालिन्। नेपालमा हुँदा सामाजिक सञ्जालको वास्ता नगर्ने सुस्मितालाई उता पुगेपछि कामबाट फर्कना साथ टिकटकमा रमाउने लत बस्यो।

टिकटकबाटै उनको युएईमै कार्यरत एक नेपाली युवकसँग भेट भयो। सुस्मिता हेर्दा आकर्षक थिइन्। ती युवक र सुस्मिता फरक–फरक ठाउँमा बस्थे। टिकटकबाटै उनीहरु नजिकिँए। उनीहरुबीच अनलाइन लभ सुरु भयो। अलि समयपछि विवाह गर्ने कुरा पनि पक्कापक्की भयो। त्यतिन्जेल भेट भने भएको थिएन्।

ती युवकले काठमाडौंको सुकेधारामा बस्दै आएकी ३९ वर्षीया उर्मिला घिमिरेसँग पनि सामाजिक सञ्जालमा कुरा गर्ने गरेका रहेछन्। एक छाेरीकी आमासमेत रहेकी उर्मिलालाई पनि ती युवकले विवाह गर्ने आश्वासन दिँदै आएका रहेछन्। ती युवकले एकै साथ दुई जना केटीसँग कुरा गर्दै आएका रहेछन्। त्यो कुरा नेपालमा रहेकी उर्मिलालाई थाहा भयो। र, उर्मिलाले ती युवकलाई कोट्याउँदै सुस्मितासँगको सम्बन्धबारे थाहा पाइन्। टिकटकमार्फत् उर्मिलाले सुस्मिताको फोटो निकालिन र नक्कली फेसबुक आइडी खोलेर सुस्मिताको चरित्र हत्या गर्नतर्फ लागिन्। उनीहरु दुई जनाबीच झगडा हुन थालेपछि ती युवा पन्छिए। सुस्मिता नेपाल आएर नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन्। ब्युरोले अनुसन्धान गर्दै जाँदा काठमाडौँको कपनबाट उर्मिला पक्राउ परिन्।

०००

सामाजिक सञ्जालकै कारण काठमाडौंको कोटेश्वरमा बस्दै आएकी ३५ वर्षीया मुना त्रिताल र उनको पतिबीच सम्बन्ध ब्रिगियो, उनीहरुबीच सँगै बस्न नसक्ने अवस्था आयो। मुनाले पतिलाई सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरिन्।

मुद्दा अदालतमा चलिरहेको छ। एकदिन पति आफन्तको जमघटमा सहभागी भएका थिए। त्यहाँकाे मासमा फोटो खिचिएको रहेछ। त्यो फोटोमा मुनाकी नन्दको साथी पनि रहिछन्। मुनाको नन्दले त्यो फोटो सामाजिक सञ्जालमा पोष्ट गरिन् र मुनाले त्यो फोटोलाई डाउनलाेड गरेर राखिन्।


यौन उपभोक्ताका नाममा


अर्को दिन मुनाले फोटोसपमार्फत् नन्दको साथी र आफ्नाे पतिको आपत्तिजनक अवस्थाको फोटो बनाइन् र चरित्र हत्या गर्नतर्फ लागिन्। मुनाले हुँदै नभएको कुरालाई पोष्ट गर्दै पतिसहित नन्दको साथीको चरित्र हत्या गरिरहिन्। पटक-पटक सजक गराउँदासमेत नमानेर झनै फेसबुक लाइभमै आएर चरित्र हत्या गर्न थालिन्। पीडित नन्दको साथीले साइबर ब्युरो गुहारिन्। र, मुना पक्राउ परिन्। मुनालाई ब्युरोले थुनामा राखि आवश्यक अनुसन्धान अघि बढाएको छ।

०००

जुम्ला गुठीचौरकी देवकी न्यौपाने र रीता (नाम परिर्वतन ) एकदमै मिल्ने साथी हुन्। उनीहरु दुबै जना क्लाससमेट (एकै कक्षाका साथी) हुन्। उनीहरुको दोस्ती एकदमै राम्रो थियो। रीता एक युवकको प्रेममा परेकी थिइन। त्यो कुरा देवकीलाई थाहा थियो। पछि सामान्य कुरामा रीता र देवकीबीच विवाद भयो। उनीहरुबीच बोलचाल बन्द भयो। रीताको प्रेमिसँगको प्रेम पनि अन्त भयो। केही समय रीता यसै बसिन्। पनि उनको विवाहको कुरा उठ्यो। त्यो कुरा देवकीले थाहा पाइन्।

त्यसपछि देवकी उनको विवाह भाड्नतर्फ लागिन्। उनले रीताको पूर्व प्रेमिसँगका नग्न तस्बिर फेला पारिन् र उनले तस्बिरहरु बिहे हुन लागेका युवकलाई पठाइदिन्। त्यसपछि रीतालाई आपत्त पर्‍याे र उनले नेपाल प्रहरीको साइबर ब्युरोमा गुहार मागिन् र ब्युरोले देवकीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

यी त केही प्रतिनिधिमुलक घटना मात्रै भए। साइबर ब्युरोमा दैनिक जसो महिलाले महिलालाई नै पीडित बनाएका यस्ता दर्जनौँ उजुरीहरु आउने गरेका छन्।

सुरुवाती चरणमा पुरुषले महिलाका नाममा नक्कली फेसबुक खोलेर चरित्र हत्या गर्ने र महिलालाई पीडित बनाउने प्रचलन थियो। तर, पछिल्लो समयमा अधिकांश घटनामा महिलाले महिलालाई नै पीडित बनाएका घटनाहरु बढ्न थालेका छन्।

‘पछिल्ला केही घटनामा महिलाले महिलालाई नै पीडत बनाएका देखियो, पहिला पुरुषले महिलाकाे नाम प्रयोग गरेर सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्तिका चरित्र हत्या गर्ने गरिएको थियो भने अहिले महिला नै त्यस्तो कार्यमा अग्रसर देखिन थाले,’ साइबर ब्युरोका प्रमुख एसएसपी नबीन्द्र अर्यालले बिएल नेपाली सेवासँग भने।

‘व्यक्तिगत रिसिवी साध्न सामाजिक सञ्जाल बढी प्रयोग हुन थाले, नक्कली फेसबुक बनाएर अरुको चरित्र हत्या गर्नेलाई एकछिन त आफ्नाे सोचेको पुरा भयो भन्ने लाग्छ होला तर हाम्रोमा उजुरी आएपछि त्यस्ता व्यक्तिले छुटकारा पाउने कुनै चान्स छैन,’ एसएसपी अर्याल अगाडि थपे। उनले यस्तो सोच भएका व्यक्तिलाई अहिल्यै सच्चिन आग्रहसमेत गरे।


यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे


युवतीहरु भेटघाटकाे क्रममा आफ्ना भित्री कुराहरु पनि साथीसँग शेयर गरेका हुन्छन्। साथीको सम्बन्ध सधैं उस्तै रहन्छ भन्ने छैन। जब उनीहरुको सम्बन्धमा दरार आउँछ अनि मिल्तीका दिनहरुमा शेयर गरेका कुराहरु नै गलपासो भएर देखा पर्छन्। साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक राजकुमार खड्कीले पनि यस्तै अनुभव सुनाए।

‘एकताका मिल्ने साथी अहिले आएर सामाजिक सञ्जालमा दुस्मनी मोल्ने गरेको देखियो,’ बिएल नेपाली सेवासँग कुरा गर्दै प्रहरी निरीक्षक खड्कीले भने, ‘यो समस्या दिनानुदिन बढ्दै गएको छ। पहिला मिल्ने साथीहरु अहिले उसैको विरुद्धमा उजुरी बोकेर आउँछन्।’

यी र यस्ता घटना हुन नदिन ब्युरोले पटक-पटक सार्वजनिक सूचना जारी गर्दै सजक गराउँदै आएको छ। तर, पनि आवेगमा आउनेहरुले सामाजिक सञ्जाल प्रयोगको महत्व नबुझदा समस्या साइबर समस्या दिनानुदिन बढ्न थालेको छ।


आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...

प्रकाशित मिति: : 2023-04-03 20:55:00

प्रतिकृया दिनुहोस्