डोनल्ड ट्रम्पविरूद्ध ३४ अभियोग, भने– 'हैन', लागे फ्लोरिडातिर

डा. प्रदीप भट्टराई

न्युयोर्क, अमेरिका

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आत्मसमर्पण, हिरासत, सुनुवाई र रिहाइको श्रृङ्खला मात्र ५७ मिनेटकाे एक नाटकीय मोडमा सकिएको छ। 

न्यायाधिवक्ता एल्भेन ब्रगले आफ्ना अभियोगहरू सही भएको बताएका छन् भने ट्रम्प जमानतमा रिहाइ भएर गृहराज्य फ्लोरिडातिर लागेका छन्। उनी नजिकैकौ गडौरिया विमानस्थलमा रहेको आफ्नो ट्रम्प विमानमा चढेर मायामीतिर उडेका छन्। न्युयोर्कआधारित अमेरिकी मिडियाहरूले पोस्ट इभेन्ट विश्लेषण प्रसारण गरिरहेका छन्।

अदालतमा के–के भयो, त्यसको विस्तृत विवरण बाहिर आएको छैन। तर, ट्रम्पविरूद्ध लगाइएका ३४ अभियोग सुनेपछि उनले सबै अभियोग एकमुस्ट रूपमा अस्वीकार गरेका थिए। अभियोगमध्ये एक अभियोग पाेर्नस्टार स्टर्मी डेनियल्सलाई तिरिएको एकलाख ३० हजार घुससँग सम्बन्धित पनि थियो।

ट्रम्पले साँंझ मार ए लागो निबासमा चुनावी चन्दा संकलन प्रयोजनका लागि पार्टी आयोजना गर्दैछन्। त्यही पार्टीमा उनले आफ्नो प्रतिक्रिया दिने बताइएको छ।

ट्रम्प क्रिमिनल कोर्ट रूमबाट निस्केपछि बाहिर निस्किएका उनका वकिलहरूले लगाइएका अभियोगहरू गम्भीर नभएको परम्परागत जवाफ दिँदै आजको दिन दिक्कलाग्दो भएको बताए। उनीहरूले अमेरिकी राष्ट्रपतिविरूद्ध यस्तो अभियोग शोभनिय नभएको पनि भन्न भ्याए।

उनीहरूले न्यायाधिवक्ता एल्भेन ब्रगले राजनीतिक नियतले लगाउनै नपर्ने अभियोग लगाएको पनि आरोप लगाए।

ट्रम्पका वकिलहरूले सफाइ दिएको केही समयपछि एल्भेन ब्रगले आफूले लगाएका ३४ अभियोगको बचाउ गर्दै सबै सत्यतामा आधारित भएको बताए। उनले ट्रम्पलाई बचाउन जतिसुकै वकिल किनिए पनि वा जतिसुकै उनका सहयोगीहरू बलीको बोको बनाए उनले एकपछि अर्को गरेर झुटको पहाड बनाएका छन्।

प्रकाशित मिति: : 2023-04-05 07:10:00

प्रतिकृया दिनुहोस्

    https://www.blakedimond.com

    • एक बर्ष अगाडि
    • Ashok Tamang