‘गणपति’को टिजर सार्वजनिक

सविन अधिकारीद्वारा निर्देशित चलचित्र ‘गणपति’को टिजर सार्वजनिक भएको छ। चलचित्र निर्माण टिमले आइतबार चलचत्रिको साढे एक मिनेट लामाे टिजर सार्वजनिक गरेको हो।

टिजरमा प्रकाश घिमिरेले गणेशको सुड भएको बच्चा जन्माएको देखाइएको छ। गाउँलेहरुले गणपति भनेर पूजा गरिरहेका छन्। तर, गणपति चलचित्रले कुनै धर्मको प्रचार वा विरोध नगरेको अधिकारीले बताए।

उनी भन्छन्,‘गणपतिमा अहिलेको नेपाली परिवेशको अन्धविश्वासलाई चित्रण गरिएको छ। मानिसमा शिक्षा नहुँदा खानु परेको हन्डर र ठक्करलाई चित्रण गरेको छ।’

गणपति नेपाली समाजको बेरोजगार युवा पुस्ताको प्रतिनिधि पात्र रहेको उनले बताए। ‘हाम्रो गाँउ/समाजको कथा हो, हाम्रा समग्रह देशको कथा हो। ‘गणपति’ चलचित्रको प्रनिनिधि पात्र मात्रै हो,’ अधिकारीले भने।

गणपतिले नेपाली सिनेमा उद्योगका लागि एउटा इँटा थप्ने विश्वास रहेकाे निर्देशक अधिकारीले बताए। उनकाअनुसार चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय महाेत्सवहरुमा पठाउने तयारी गरिएकाे छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-04-09 18:37:00

प्रतिकृया दिनुहोस्