झापाबाट ब्राउन सुगरसहित युवती पक्राउ

प्रहरीले झापाको मेचीनगर नगरपालिका–१३ स्थित धाईजन चोकबाट ब्राउन सुगर सहित एक युवतीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा २० वर्षीया अनुजा राजबंशी रहेकी छिन्। प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइन बरामद गरेको झापाका एसपी दुर्गाराज रेग्मीले बताए। आरोपीबारे ईलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ।

अनुजाकी आमा ५ महिनाअघि झापा कारागारमा थिइन्। लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेकी आमालाई भेट्न जाँदा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुजाबारे निगरानी बढाएको थियो। 

प्रकाशित मिति: : 2023-04-13 12:44:00

प्रतिकृया दिनुहोस्