गायिका समीक्षा अधिकारीले आफू अगाडि बढ्न खोज्दा अरुले खुट्टा तान्ने गरेको गुनासो गरेकी छिन्। कार्यक्रमको सिलसिलामा अस्ट्रेलियामा रहेको समीक्षाले सामाजिक सञ्जालमार्फत यस्तो दुखेसो पोखेकी हुन्।
उनले आफ्नो जीवन चलचित्रको कथा जस्तै रहेको र त्यसलाई बिर्सिएर अगाडि बढ्न खोज्दा सबैले हाँसो र मजाकको पात्र बनाएको बताएकी छिन्।
‘अगाडि बड्न खोज्छु, मेरा पाइला पछाडि तानिन्छन्। मनभित्रको बह सुनाउन खोज्छु हाँसो र मजाकको पात्र बन्छु। आफ्ना नजरहरुलाई कहीँकतै भुलाउन खोज्छु तर जताततै अँध्यारो देख्छु,’ उनले लेखेकी छिन्।
उनले आफू गलत नभएको बरु वास्तविक घटनालाई फरक तरिकाले प्रस्तुत गरिएको बताएकी छिन्।
‘म गलत छैन। म कुनै चरीत्रहीन छोरी होइन। मेरो पनि परीवार छ, तपाईंंको जस्तै। पर्दामा देखिएका हरेक कुरा सही हुँदैनन्। सत्यता त मनमै अड्किएर बसेको हुन्छ,’ उनले लेखिकी छन्।