मोरङमा घाँस काट्न हिँडेका ७७ वर्षीय वृद्ध मकैबारीमा मृत फेला

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

मोरङमा डोको बोकेर घाँस काट्न हिँडेका ७७ वर्षीय वृद्ध मकैबारीमा मृत अवस्थामा फेला फेला परेका छन्। सुन्दरहरैँचा नगरपालिका– ६ घर भएका पदमबहादुर खड्का मकैबारीभित्र मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार उनी बिहान ८ बजेतिर घरबाट डोको बोकेर नजिकैको मकैबारीमा गएका थिए। घाँस काट्न गएको धेरै समय भइसक्दा पनि खड्का घर नआएपछि आफन्त र स्थानीयहरुले खोजी गरेका थिए।

खोजी गर्ने क्रममा घरनजिकको मकैबारीमा दिउँसो ३ बजेतिर उनको शव भेटिएको प्रहरीले जनाएको छ। शव फेला पारेपछि स्थानीय र आफन्तले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले शवलाई पोस्मार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रहरीले पोस्टमार्टम रिपोर्ट प्राप्त भएर घटनाको थप अनुसन्धान गरेपछि मृत्युका बारेमा यकिन हुने जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-04-20 19:30:00

प्रतिकृया दिनुहोस्