जन्म केन्यामा, ६३ वर्षको उमेरमा जेल नेपालमा

BreaknLinks
BreaknLinks

अनुहार कालो नकाब (कुनै कपडाले छोप्नु)ले छोपिएको छ, देखिँदैन। देखिएका हातबाट भने प्रष्ट थाहा हुन्छ उमेर ढल्किएको छ। केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा दिरितु बिहीबार दिउँसो लागु औषध व्यूरो काठमाडौंमा हातमा हतकड्डी लगाइएको अवस्थामा उभिएकी थिइन्।

प्रहरीले उनलाई चैत ५ गते काठमडौंको ठमेलबाट लागुऔषध कोकिनसहित पक्राउ गरेको थियो। उनीसहित प्रहरीले भारतको उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार पराशर पनि पक्राउ परेका थिए। पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्दै लागु औषध नियन्त्रण व्यूराेका प्रवक्ता तथा प्रहरी उपरीक्षक चक्रराज जोशीले दुबैको साथबाट करिब दुई करोड ३३ लाख बढीको लागुऔषध बरामद गरेको बताए।

उनीहरु कसरी नेपालमा आए ?

केन्याकी ६३ वर्षीया दिरितु गरीब परिवारकी महिला हुन। उनका श्रीमान सँगै छैनन्। दिरितु सम्बन्ध विच्छेदपछि एक्लो जीवन बिताइरहेकी छिन्। एक्लो जीवनमा पनि गरिबीको चेपुवामा परेकी निरितुलाई साँझ–बिहानको खानासमेत जोहो गर्न कठिन भइरहेको थियो। ‘रिरितु डिभोर्सी गरीब परिवारकी महिला हुन्,’ लागु औषध नियन्त्रण व्यूरोका प्रवक्ता जोशीले भने।

उनी कसरी नेपाल आइन भन्ने प्रश्नमा जोशी भन्छन्, ‘निरितु गरीब परिवारकी हुन् । तस्कले उनलाई तीन हजार डलर दिने आश्वासन दिएपछि लागूऔषध कोकिन लिएर नेपाल आएकी हुन्।’ वृद्धा अवस्थामासमेत लागूऔषध कारोबारमा लाग्नु गरीबीकै कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनी यसअघि लागऔषध कारोबारमा संलग्न नरहेको पाइएको छ। उनले प्रहरीलाई दिएको बयानमा पहिलोपटक लागूऔषध कारोबार गरेको बताएकी छिन्।निरितु लागुऔषध लिएर इथियोपियाबाट कतारको राजधानी दोहा हुँदै नेपाल आएकी हुन्।

उनले लिएको लागूऔषध कोकिनको गन्तव्य भारत थियो ।  नेपालबाट भारतमा पुर्‍याउने जिम्मा लिएर आएका थिए ५१ वर्षीय रविन्द्रकुमार पराशर।

भारतबाट लागुऔषध लिन आएका पराशर पनि सामान्य परिवारको रहेको बुझिएको छ। उनले आफू ड्राइभर भएको बताएका छन्,’ लागूऔषध ब्यूरोको प्रहरी प्रवक्ता जोशीले भने, ‘उनलाई तस्करले भारु रु २० हजार दिने भनेपछि नेपाल आएका रहेछन्।’

पाँच दिनको प्रयासपछि दुबै जना पक्राउ

प्रहरीले यी दुईलाई पक्राउ गर्न पाँच दिन लगाएको थियाे। केन्याकी निरितु वैशाख १ गते काठमाडौं आएकी हुन्। प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौं आएको थाहा पाएपछि निरितुलाई पिछा गरेको थियो। ‘दिरितु ठूलो मात्राको लागूऔषधसहित नेपाल आएको सूचनापछि उनले त्यो लागूऔषध कसलाई बेच्ने रहिछिन् भनेर हामीले उनको पिछा गरेका थियौँ,’ प्रहरी प्रवक्ता जोशी भन्छन् ।  

वैशाख ५ गते पराशरलाई प्रहरीले १ केजी ८० ग्राम कोकिनसहित काठमाडौं महानगरपालिका– १७ ठमेलबाट पक्राउ गरेको हो। सोही दिन काठमाडौं महानगरपालिका १७ बाटै दिरितुलाई एक हजार अमेरिकी डलरसहित पक्राउ गरिएको प्रवक्ता जोशीले जानकारी दिए।

उनले भने, ‘पाँच दिनको अथक प्रयासपछि मात्र दुबैलाई पक्राउ गर्न सफल भयौँ।’ उनीहरुविरूद्ध लागूऔषध कारोबार ऐन २०३३ बोमोजिम मुद्धा चलाइएको छ।

प्रकाशित मिति: : 2023-04-20 20:15:00

प्रतिकृया दिनुहोस्