मनपर्ने केटीलाई कसरी ‘प्रपाेज’ गर्ने ?

Photo: Agency
Photo: Agency

तपाईंलाई कुनै केटीकाे आँखा, मुस्कान, बाेली/व्यवहारलगायत समग्र व्यक्तित्व मन परिरहेकाे छ भने सम्झनुहाेस्, तपाईं ती केटीकाे प्रेम परिसक्नुभयाे। तर, आफ्नाे प्रेम उनलाई कसरी व्यक्त गर्ने ? अर्थात् केटीलाई कसरी प्रेम प्रस्ताव (प्रपोज) गर्ने भन्ने कुराले अर्काे संकट पैदा हुन सक्छ। आफूलाई मनपर्ने केटीलाई अस्वभाविक तरिकाले प्रेम प्रस्ताव राख्दा कतै उनी रिसाउने त हाेइनिन् ? प्रेम प्रस्ताव राखेकै कारण टाढा हुनुपर्ने त हाेइन ? यी कुराहरु मनमा चलिरहेका बेला तपाईंले उनलाई अतिसजग र प्रिय तरिकाले प्रेम प्रस्ताव राख्नुपर्ने हुन्छ। उनलाई आफूतिर आकर्षित गर्ने गरी कसरी प्रेम प्रस्ताव राख्ने ? आउनुहाेस् केही प्रभावकारी तरिकाहरुबारे जाऔँ:

१. रोमान्टिक फिल्म देखाउन लैजानुहाेस्

हरेक केटीलाई रोमान्टिक चलचित्रहरुले प्रफुलिल्त बनाउने गर्दछ। उनीहरु चलचित्रमा हृदय छुने र मनमोहक क्षणको समयमा भावनात्मक हुने गर्दछन्। उनी भावनात्मक रुपले वहकिएकाे बेला इस्साराले बुझाउने प्रयास गर्नुहाेस्, सिट साट्नुहाेस्। अनि उनलाई कविता वा तपाईंले चलचित्रबाट सुन्नु भएको लाइनले प्रेम प्रस्ताव गर्नुहोस्।

२. म्यासेजमार्फत् प्रस्ताव गर्नुहोस्

केटीहरुलाई प्रेम प्रस्ताव गर्न सर्वप्रथम उनलाई म्यासेज गर्नुहोस्। अनि, आफ्ना कुराहरु विस्तारै खोल्नुहोस्। त्यसपछि छोटो र उपयुक्त शब्दले प्रेम प्रस्ताव गर्नुहोस्।

३. उनकाे लागि खाना बनाउनुहाेस्

जुनसुकै केटी आफ्नाे पार्टनरले खाना बनाउन जान्ने हाेस् भन्ने चाहन्छन्। उनीहरू बाहिर गएर खानुभन्दा पार्टनरले बनाएकाे खान रूचाउँछन्। याे नै केटीलाई प्रस्ताव राख्ने उत्कृष्ट उपाए हुन सक्छ। 

४. उपहार दिनुहाेस्

लाेभलाग्दाे उपहारले तपाईंलाई आफ्नो गहिरो भावनाहरू व्यक्त गर्न मद्दत गर्दछ, जुन तपाईंले आफ्नो ओठमा ल्याउन सक्नुहुन्न। त्यसैले उनको लागि तपाईंको भावनाको प्रतीक हुने उपहार दिनुले पक्कै पनि उनको हृदय र दिमागमा ठुलो प्रभाव सिर्जना गर्नेछ।

– एजेन्सीहरुकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-04-26 13:06:00

प्रतिकृया दिनुहोस्