नेपाल र साउदीबीचको खेल रद्द, नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत साउदी अरबिया र नेपालबीचको खेल रद्द भएको छ। सोमबार मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भनिएको खेल निरन्तर वर्षका कारणले गर्दा रद्द भएको हो।

मैदानको आउटफिट भिजेकोले खेल खल्न सम्भव नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। खेल रद्द भएपछि दुवै टिमले एक–एक अंक बाँडेका छन्।

आजको खेल रद्द भए पनि नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले सेमिफाइनलअघि वैशाख १४ गते कतारसँग खेल्नेछ। उक्त खेल जिते नेपाल समूह विजेत बन्नेछ।

नेपालले तीन खेलबाट ५ अंक जोडेको छ। समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ। भने, समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ।

चौंथो स्थानको साउदीको पनि २ अंक छ। यो समूहमा कतारले अंक जोड्न सकेको छैन।

प्रकाशित मिति: : 2023-04-24 13:00:00

प्रतिकृया दिनुहोस्