एसीसी प्रिमियर कप: नेपालको १०० रन पूरा

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १०० रन पूरा गरेको छ।

बिहीबार टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएको छ। नेपालका लागिओपनर कुशल भुर्तेल दुई ओभरमा २ रन बनाएर आउट भएका थिए भने भीम सार्की ४ रन बनाएर आउट भए। त्यस्तै, रोहित कुमार पौडेल २७ रन बनाएर आउट हुन पुगेका थिए।

यता, असिफ शेख २७ बलमा १९ रन बनाउँदै आउट भएका थिए, अलराउन्डर कुशल्ल मल्ल ३ रनमै आउट भए। त्यस्तै, सोमपाल कामी २७ बलमा ११ रन बनाएर आउट हुन पुगे।

अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरी अरिफ शेख छन्। नेपालले अहिले २५ अाेभरमा ६ विकेट गुमाउँदै १०० रन बनाएर खेलिरहेकाे छ।

आज नेपालले कतारलाई जितेमा नेपाल समूह ए को विजेता बनेछ। समूह ए मा ओमन ६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल ५ अंकसहित दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-27 11:02:00

प्रतिकृया दिनुहोस्