कुवेतविरुद्ध नेपालकाे आक्रमक ब्याटिङ, रोहित र कुशलले पूरा गरे अर्धशतक

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत सेमिफाइनलकाे खेलमा कुवेतविरुद्ध नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालका कप्तान राेहित पाैडेल र कुशल मल्लले एकसाथ अर्धशतक पूरा गरेका हुन्।

रोहितले ५५ बलमा ५१ र कुशलले कुशलले ५२ बलमा ५१ रन बनाएका छन्।

नेपाल अहिले २७.८  ओभरमा १७६ रन बनाएर खेलीरहेकाे छ।

प्रकाशित मिति: : 2023-04-29 13:09:00

प्रतिकृया दिनुहोस्