कप्तान पाैडेलको आक्रमक ब्याटिङमा नेपालले दियो कुवेतलाई २८२ रनको लक्ष्य

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले कुवेतलाई जितकाे लागि २ सय ८२ रनको लक्ष्य दिएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ४२ ओभर खेलेर अल आउट हुँदै २ सय ८२ रन बनायाे।

नेपालकाे लागि कप्तान राेहित पाैडेल, कुशल मल्लले अर्धशतकीय इनिङ खेले। आक्रमक ब्याटिङ गरेका कप्तान पाैडेलले ९४ तथा कुशल मल्लले ५७ रन बनाए।

नेपालका ओपनर कुशल भुर्तेल ३८ बलमा ४३ रन बनाएर आउट हुँदा ब्याटिङमा आएका भीम सार्की १ रनमै आउट भए। भने, ओपनर आसिफ शेख पनि ३१ रन बनाएर आउट हुन पुगे।

त्यस्तै आसिफ ९ रन बनाएर रनआउट भए लगत्तै दिपेन्द्र सिंह ऐरी पनि खाता नै नखोली आउट भए।

नेपालका लागि सातौँ नम्बरमा आएका सन्दीप लामिछानेले एक चौकासहित ५ रन बनाएर आउट भए। भने, करण केसी ७ रन बनाएर आउट भए।

कुवेतका लागि अदनन् इद्रिस र दा मोहम्मद असलामल समान ३–३ विकेट लिए। भने, यासिन पटेल र साहिद मोहिनले १–१ विकेट लिए।

वर्षाकाे कारण केही समय अवरुद्ध भएकाे खेल ४२ ओभरमा झारिएकाे थियाे।

याे खेल जिते दुईमध्ये एक टाेली साेमबार हुने फाइनलमा पुग्नेछ।

प्रकाशित मिति: : 2023-04-29 13:12:00

प्रतिकृया दिनुहोस्