डा. सुशीलाको संघर्ष : रसियामा डाक्टर पढेर फर्किएपछि छोरीले नै नचिन्दा...

उकेरा

उपेन्द्र खड्का

डा.सुशीला वैद्य स्त्री क्यान्सररोग विशेषज्ञ तथा लेजर थेरापी विशेषज्ञ हुन्।

उनले लेजर थेरापी विधिबाट ४० हजारभन्दा बढी बिरामीको उपचार गरिसकेकी छन्। उनले चिकित्सकीय विधाको अध्ययनदेखि यो पेशाको सिलसिलामा धेरै आरोह-अवरोह पार गरेकी छन्। डा. सुशीलाले यस्तै उतारचढाव उकेरासँग साटिन्। 

२०२१ मा ललितपुरको शंखमुल र बंगलामुखीको बीचमा पर्ने बैलाछें टोलमा जन्मिएकी हुन् उनी। ललितपुरकै पुलचोकस्थित मदन मेमोरियल गर्ल्स हाइस्कुलबाट २०३६ सालमा एसएलसी गरिन्। पाटन मल्टिपल कलेजमा आईए र बीए पढिन्। त्यसपछि २०४२ मा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अर्थशास्त्र विषय अध्ययनका लागि उनी एमएमा भर्ना भइन्।

प्रकाशित मिति: : 2023-04-30 10:17:00

प्रतिकृया दिनुहोस्