युएईले गुमायाे छैठाैं विकेट, २३ ओभरमा ९० रनमै सिमित

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको लागि नेपाल र युएईबीच प्रतिस्पर्धा जारी छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईले पहिले ब्याटिङ गरिरहेकाे युएईले २२.५ ओभरमा ६ विकेट गुमाएकाे छ।

युएई कप्तान मोहमद वासिम ११, वृत्य आन्द्रेई ८, अद्रेन लाक्रा १३, रमीज शहजाद १ र राेहन मुस्ताफा पनि २ रनमै आउट भएका छन्।

त्यस्तै बसिल हामिद २७ बलमा १० रन बनाएर आउट भए। उनलाई नेपालका गुल्सन झाले आउट गरे।

त्यसअघि नेपालका साेमपाल कामीले १, करण केसीले २, ललित राजवंशीले १, सन्दीपल लामिछानेले विकेट लिएका थिए।

युएई २२.५ ओभरमा मात्रै ९० रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित मिति: : 2023-05-01 11:25:00

प्रतिकृया दिनुहोस्