लक्ष्मण श्रीको गीती एल्बम विमोचन

गायक लक्ष्मण श्रीको गीती एल्बम 'म तिम्रै डल्ले हो' सार्वजनिक भएकाे छ। लामो समयदेखि संगीतमा साधनारत गायक श्रीले पहिला पनि विभिन्न गीति एल्बम नेपाली दर्शकमाझ ल्याएका थिए।

वि सं २०५५ सालबाट गाउन, नाच्न सुरु गरेका लक्ष्मणले बागलुङबाट कलाकारीता सुरु गरेका हुन्। लामो समयको अथक प्रयासपछि गायक लक्ष्मण श्रीले 'म तिम्रै डल्ले हो' बजारमा ल्याएका हुन्।

बागलुङ जन्मथलो भएका श्रीले आफ्ना अघिल्ला प्रस्तुतिलाई सबैले मन पराएको पनि बताए। साधना विनाको गीत संगीत पूर्ण नहुने बताउँदै गायक श्रीले यो गीतले नेपाली सांगीतिक श्रेत्रमा थप नयाँ आयाम थप्ने बताए। वरिष्ठ संगीतकार आशिस अविरलले संगीत भरेको यो गीतमा शब्द भने एकनाराण भण्डारीले लेखेका छन्।

प्रकाशित मिति: : 2023-05-13 17:53:00

प्रतिकृया दिनुहोस्