बालकृष्णबारे कांग्रेसले भन्याे- उहाँले आफूलाई निर्दोष साबित गर्छु भनेपछि कारबाहीकाे कुरा निष्कर्षमा पुगेन

File Photo
File Photo

नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको बताएकाे छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे आराेपमा पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेका बेला कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्।

'शरणार्थी प्रकरणकाे आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण खाँण पनि हुनुहुन्छ। अनुसन्धान जारी छ। निष्कर्ष आइसकेको छैन। उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ। अनुसन्धान निष्पक्ष हुनुपर्‍यो। त्यसमा पूर्ण सहयोग गर्छौं', उनले भने, 'दोषी नउम्किऊन्, निर्दोष नफसून् भन्ने हाम्रो मान्यता हो। त्यो प्रकरणमा जोडिएका उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो।'

प्रकाशित मिति: : 2023-05-16 13:34:00

प्रतिकृया दिनुहोस्