‘च्यातिएको पर्दा’ नाटक सुरु हुँदै 

डिल्लीबजारको सर्वनाम थिएटरमा ‘च्यातिएको पर्दा’ नाटक सुरु हुने भएको छ।

लेखक गोबिन्दबहादुर मल्ल (गोठाले) द्वारा लिखित नाटक ७ देखि ९ गतेसम्म चल्नेछ। ल–हेर समूहले निर्देशन गरेको उक्त नाटकको परिकल्पना भने सुदनसिहं ठकुरीले गरेका हुन्। 

सो नाटकमा संरचना शर्मा, सम्भावी सिवाकोटी, अनिश पौड्याल, लरिश मगर, प्रयास सापकोटा, प्रतिक पौडेल, सुदनसिहं ठकुरी, सागर न्यौपानलगायत साकार बूढाथोकीको अभिनय रहनेछ। 

तीन दिनसम्म चल्ने उक्त नाटक दिनकाे दुईपटक अर्थात् दिउँसाे १ बजे र साँझ ५ बजे मन्चन हुनेछ। 

प्रकाशित मिति: : 2023-05-17 15:09:00

प्रतिकृया दिनुहोस्