दासढुंगा घटनाबारे राणा आयोगको निष्कर्ष : विष खुवाएर या अन्य प्रकारले दुवै नेताको हत्या भएको अस्वीकार

उकेरा

ईश्वरकुमार मैनाली

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितलाई षड्यन्त्रमा पारेर हत्या गरेको एमालेको दाबी दासढुंगाबारे अनुसन्धान गर्न बनेको दोस्रो छानविन आयोगले समेत स्वीकार गरेन। 

३० वर्षदेखि एमालेका नेताहरूले मदन र आश्रितको षड्यन्त्रपूर्वक हत्या भएको दाबी गरिरहे। सरकारले २०५० जेठ ३ गते भएको घटनाबारे अनुसन्धान गर्न प्रचण्डराज अनिलको नेतृत्वको आयोग गठन गरेको थियो। तर एमालेले प्रतिवेदन स्वीकार गरेन।

उनीहरुले हिजो पनि हत्याको दाबी गरे। अनी अहिले पनि गरिरहेका छन्। तर न उनीहरुले सरकारको नेतृत्व गर्दा यसको छानविन गराए न अहिले प्रतिपक्षमा बस्दा नै दबाव दिन सकेका छन्। फगत स्मृती दिवसमा एक दिन मदन-आश्रीतलाई सम्झन्। हत्या हो भन्छन्। अनी एक वर्षका लागि चुप।

प्रकाशित मिति: : 2023-05-17 18:07:00

प्रतिकृया दिनुहोस्