तेलको मूल्य सीमा निर्धारणका कारण रूसी राजस्व सङ्कलनमा गिरावट

पश्चिमा मुलुकहरूले युक्रेनमाथिको आक्रमणको सजायस्वरूप रूसी कच्चा तेलको मूल्य सीमा तोकेपछि रूसको तेलबाट हुने राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको अमेरिकी ट्रेजरीले बिहीबार जनाएको छ। 

ट्रेजरी रिपोर्टका अनुसार, 'मूल्य क्यापको बारेमा व्यापक प्रारम्भिक बजार शङ्काको बावजुद, बजार सहभागीहरू र भूराजनीतिक विश्लेषकहरूले इन्धनको अधिकतम मूल्य सीमाले यसको दुबै लक्ष्यहरू पूरा गरिरहेको छ।'

विकसित अर्थतन्त्र, युरोपेली सङ्घ र अस्ट्रेलिया र जी–७ समूहले लगाएको प्रतिब्यारेल ६० अमेरिकी डलरको सीमाका कारण रूसको इन्धनबाट सङ्कलन उठ्ने राजस्व युद्धअघिको कूल रूसी बजेटको ३५ प्रतिशतबाट घटेर यस वर्ष २३ प्रतिशतमा खुम्चिएको ट्रेजरीले जनाएको छ। 

रूसी अर्थ मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै ट्रेजरीले यस वर्षको जनवरीदेखि मार्चको बीचमा सङ्घीय सरकारको तेल राजस्व अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले घटेको जनाएको हाे। 

गत वर्षको तुलनामा भारतलगायतका मुलुकलाई समग्र रूसी तेल निर्यातमा वृद्धि भए पनि राजस्वमा गिरावट आएको हो। 

यो प्रतिवेदनले जापानमा शिखर सम्मेलन गर्न लागेका जी–७ का नेताहरूका लागि स्वागतयोग्य समाचार प्रदान गर्नेछ। उनीहरूले युक्रेनमा जारी युद्धलाई लिएर नयाँ रूसी प्रतिबन्धहरू र विद्यमान प्रतिबन्धहरूलाई कसरी अझ राम्रो तरिकाले लागू गर्न सकिन्छ भनेर विचार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: : 2023-05-19 06:28:00

प्रतिकृया दिनुहोस्