तस्बिरमा धाप ड्यामका मनोरम दृश्यहरु

BreaknLinks
BreaknLinks

धाप ड्याम काठमाडौँको पूवोत्तर गोकर्णेश्वर नगरपालिका– १ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्छ। सुख्खायाममा वाग्मती नदीको पानीको बहाव बढाउने उद्देश्यले यहाँ पानी संकलन गरेर राखिएको छ। २४ मिटर अग्लो र १७५ मिटर चौडाइमा फैलिएको यो ड्याममा अधिकतम ८,५०,००० घनमिटर पानी अड्छ।

काठमाडौँबाट २६ किलोमिटरको दूरीमा पर्ने यो क्षेत्र पदयात्रा (हाइकिङ)को उत्कृष्ट गन्तव्य पनि हाे। यहाँ हाइकिङ आउँदा मनोरम प्राकृतिक दृश्यहरुसँगै विभिन्न जीवजन्तु पनि देख्न पाइन्छ।

याे ड्यामको पदयात्रा काठमाडौंबाट १४ किलोमिटरको दूरीमा रहेको सुन्दरीजलबाट सुरु भएर मुलखर्क गाउँसम्म पुग्छ। जहाँ दुई वटा पदमार्ग छुट्टिन्छ, एउटा चिसापानीको दिशामा र अर्को हाइबुङको दिशामा जान्छ। हाइकिङ ट्रयाकमा सुन्दर पर्वतीय दृश्यहरू, गाउँहरू र नदीहरू सबै पाउन सकिन्छ।

प्रकाशित मिति: : 2023-05-20 15:10:00

प्रतिकृया दिनुहोस्