दाङमा होस्टेलमा बस्ने १६ वर्षीया विद्यार्थीलाई करणी गर्ने शिक्षक पक्राउ

दाङमा होस्टेलमा बसेकी एक छात्रालाई करणी गर्ने शिक्षक दुई महिनापछि पक्राउ परेका छन्।

शान्तिनगर गाउँपालिका– ७ शिवशक्ति मा.वि.मा अध्ययनरत छात्रालाई करणी गरेको आरोपमा सोही विद्यालयका शिक्षक ३५ वर्षीय खुमानन्द पौडेल पक्राउ परेका हुन।

शिक्षक पौडेलले गएको चैत २० गते राति विद्यालयको होस्टेलमा बसेकी १६ वर्षीया छात्रालाई करणी गरेका थिए। तुलसीपुर उपमहानगरपालिका– ७ घर भएका पौडेल करणी गरेर दुई महिनादेखि फरार रहेका थिए।

फरार शिक्षक पौडेललाई जिल्ला प्रहरी कार्यालय दाङले हिजो (जेठ ६ गते) पक्राउ गरेको हो। पौडेल भागेर भारत गएको सूचनापछि कान्टर पार्टसको सहयोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख राजनकुमार गौतमले जानकारी दिए।

उनीमाथि अहिले थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2023-05-21 19:21:00

प्रतिकृया दिनुहोस्