मुख्यमन्त्री महराकाे सपथ आज

फाइल तस्विर
फाइल तस्विर

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन्। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ः४५ बजे सपथ लिने छन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन्।

मुख्यमन्त्रीको सपथसँगै उनले केही मन्त्रीलाई सपथ ग्रहण पनि गराउने छन्। तर, अझै मन्त्री बन्नेहरुकाे नाम टुंगो लागेकाे छैन।

नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

महराले एमाले, जसपा, नाउपा, नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रकाशित मिति: : 2024-04-07 09:25:00

प्रतिकृया दिनुहोस्