दाङमा बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

दाङमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

 तुलसीपुरबाट काठमाडौ जाँदै गरेको तुलसीपुर यातायात प्रालिको ना ६ ख १४८६ नम्बरको बसले लु ४१ प ८०९२ नम्वरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ निवासी २३ बर्षीय सौगात वली रहेका छन्। उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–११ निवासी ३५ बर्षीय शरद लामिछाने गम्भीर घाइते भएका छन्।

लामिछानेको दाहिने खुट्टालगायतका ठाउँमा चोट लागेको र अहिले घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

 प्रहरीले बस चालक तुलसीपुर उपमहानगरपालिका–७ निवासी २९ बर्षीय राजेश परियारलाई नियन्त्रणमा लिएरकाे छ।

बसले घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१७ बेलभारमा माेटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएकाे थियाे।

प्रकाशित मिति: : 2024-04-09 22:37:00

प्रतिकृया दिनुहोस्