लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै, नाउपा, जसपा र समाजवादीलाई फकाउनै बाँकी

फाइल तस्विर
फाइल तस्विर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज अपरान्ह १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ। महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

तर, विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्वसहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन्।

महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन्। तर, पूर्वसहमतिअनुसार नाउपा र जसपाले २-२ मन्त्री पाउने सहमति भएको बताउँदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन्।

प्रकाशित मिति: : 2024-04-12 07:47:00

प्रतिकृया दिनुहोस्