कार्यालय प्रमुखहरुलाई मन्त्री शर्माकाे निर्देशन– खर्च गर्ने क्षमता बढाउनुस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिएकी छन्। मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिएकी हुन्।

‘तोकिएका ‘माइलस्टोन’ पूरा गरौँ, जे लक्ष्य निर्धारण गरेका छौँ, त्यो पूरा गर्ने दिशामा अगाडि बढौँ’, उनले भनिन्, ‘पुँजीगत खर्च नहुनुका कारण र समस्या छन्, तिनका बारेमा गम्भीर समीक्षा गरौँ।’ मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न सबै निकायले मेहनत गरिरहेको भए पनि लक्ष्य प्राप्त हुन नसकेकामा सबैले गम्भीर भएर सोच्नुपर्ने उनले बताइन्।

मन्त्री शर्माले भनिन्,‘सबैले मेहनत गरेका छौँ तर लक्ष्यमा पुग्न सकेका छैनौँ, पुँजीगत खर्चको लक्ष्य भेट्याउन स्पष्ट योजना ल्याउनुपर्छ।’ अन्तरनिकाय समन्वय काय  नहुँदा मातहतका निकायका काम अगाडि बढाउन समस्या भइरहेको उनको भनाइ थियो।

अघिल्लो त्रैमासिक समीक्षाका क्रममा व्यक्त भएका प्रतिबद्धता अझै पूरा नभएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले वार्षिक समीक्षाका क्रममा मन्त्रालयले लिएका लक्ष्य पूरा भएको अवस्थामा पुर्‍याउन निर्देशन दिइन्।

प्रकाशित मिति: : 2023-05-22 14:51:00

प्रतिकृया दिनुहोस्