भुटानी शरणार्थी नेता रिजाल पक्राउ परेकोमा अमेरिकाका भुटानीको मिश्रित प्रतिक्रिया

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिका पुनर्बासमा आएका केही पैसावाल भुटानी शरणार्थीले नेपालमा मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स नामका दुई रियालिटी शोका विजेतालाई एक एक करोड दिने घोषणासहित करोडौं खर्च गरेर कार्यक्रम सञ्चालन गरिरहेकै बेला उनीहरूका सर्वमान्य नेता टेकनाथ रिजाल भने ११ लाख घुस लिएको मुद्दामा प्रहरी हिरासतमा छन्।

यो घटनालाई लिएर अमेरिकामा रहेका भुटानी शरणार्थी समुदायमा मिश्रित प्रतिक्रिया पाइन्छ । अपवादबाहेक सबै भुटानी शरणार्थीहरू यसलाई षडयन्त्र भन्दै रिजाललाई फसाएको दाबी गरिरहेका छन्।

भुटानी आन्दोलनका सर्वमान्य नेता रिजाल लाख हैन, अर्वौमा पनि जिग्मेसँग नबिकेको बताउँदै उनीबाट त्यस्तो हुनै नसक्ने दाबी गर्छन्। सारा जीवन नै भुटानी शरणार्थीका लागि समर्पण गरेका रिजाल नेपालमा बाँकि रहेका भुटानी शरणार्थीको टुंगो लगाउन लागिपरिरहेकै बेला नेपालीलाई नक्कली भुटानी बनाउने काण्डमा फसाइएको उनीहरूको दाबी छ। एक अगुवा भुटानी नेता भन्छन् ' यसबाट नेपालमा बाँकि रहेका भुटानी शरणार्थीहरूको समस्या समाधानमा ठूलो उल्झन आएको छ। अब कस्ले बोली दिन्छ उनीहरूका लागि ?'

मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स  नामका कार्यक्रम चलाउने पैसाले बेलडाँगी या पत्थरी शरणार्थी शिविरिमा गार्मेन्ट फ्याक्ट्री खोलेर ती कपडा तेस्रो मुलुकमा रहेका भुटानीसम्म पुर्याउन सकेको भए शिविरमा रहेका भुटानी दाजुभाइ आत्मनिर्भर हुन्थे। मुखमा माँड छैन, नाइटोलाई जाइफल भनेको यही हो।  

तर, केही भुटानी भने बाँकि भुटानीलाई अमेरिका पठाउन सकिन्छ कि भन्ने ठानेर गिरोहको प्रभावमा परेको पनि हुन सक्छ। उनीहरूको भनाइ छ, 'केही सुविधा दिइरहेको गृहमन्त्रालयकै मन्त्री र सचिवले सहयोग गर्न भनेपछि उहाँ त्यो जालमा फसेको पनि हुन सक्छ। जे भए पनि बात लागेको छ, यो अत्यन्तै दुर्भाग्यपूर्ण हो। यसले भुटानी आन्दोलन कलंकित भएको छ। यसको छिनोफानो हुनुपर्छ।'

केही भुटानी शरणार्थी भने नेपालीले रिजाललाई फसाएको भन्दै नेपालीप्रति रोष प्रकट गरिरहेका छन्। उनीहरू भन्छन्, 'हिजो भोटाङे भनेर हेपे, आज हाम्रा नेतालाई मान्छे बेच्ने भनेर फसाइरहेका छन्। उनीहरूको कहिलै भलो नहोस्।'

यसैबीच विजेतालाई एक-एक करोड पुरस्कार दिने सञ्चालन भएका मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सका आयोजकप्रति पनि भुटानी अगुवाहरू  खुशी छैनन् । यी कार्यक्रमले भुटानी शरणार्थीको पक्षमा कुनै योगदान नपुग्ने बताउँदै एकजना अगुवा भुटानी संगीतकर्मी भन्छन्, ' त्यो पैसाले बेलडाँगी या पत्थरी शरणार्थी शिविरिमा गार्मेन्ट फ्याक्ट्री खोलेर ती कपडा तेस्रो मुलुकमा रहेका भुटानीसम्म पुर्याउन सकेको भए शिविरमा रहेका भुटानी दाजुभाइ, दिदीबहिनी आत्मनिर्भर हुन्थे। मुखमा माँड छैन, नाइटोलाई जाइफल भनेको यही हो। '  

'नेपाली भाषा, साहित्य र संस्कृतिका लागि आयोजना गरिएका यी कार्यक्रमको नाममै मेरो बाहेक नेपाली छैन, त्यस्ता कार्यक्रमले नेपाली भाषाको संरक्षण, सम्बर्द्धन हुन्छ भन्नु पनि नौटंकी नै हो। अझ, कार्यक्रम प्रस्तोताको भेषभूषाले त नेपालीपनलाई कुरीकुरी नै गरिरहेको छ', उनी थप्छन्। 

उनी अगाडि भन्छन् 'विश्वभूमण्डीयफकरण भएको बेला यति धेरै रैथाने नेपालीको कुरा गर्न नसकिएला तर यो कार्यक्रम जे जसरी नेपाली भाषालाई बैतरणी तार्ने किसिमको ब्राण्डिङ गरेको छ, त्यस कोणबाट हेर्दा यति भन्न सकिन्छ।'

प्रकाशित मिति: : 2023-05-25 07:53:00

प्रतिकृया दिनुहोस्

    Tek Nath Rijal is a very honest human right activist and Nepali speaking Bhutanese Leader. He is Not a corrupt person.

    • 11 महिना अगाडि
    • madan Pathak