अदालतमा मुद्दा परेपछि रविको आक्रोश– घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्छ

File Photo
File Photo

राहदानी प्रकरणमा सर्वोच्च चदालतमा पुनः मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानेले आक्रोश पोखेका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत लेख्दै पार्टीको चुनाव चिन्ह घन्टीले बजाउन पनि जानेको भन्दै चेतावनी शब्द बोलेका छन्।

मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ भन्दै उनले भनेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’

यस्तो छ रविको भनाइ
मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१) सर्वोच्च अदालतको  मिती २०७९र१०र१३को फैसलाको प्रकरण नं।२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।  
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं। 
४) घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।

प्रकाशित मिति: : 2023-05-25 11:14:00

प्रतिकृया दिनुहोस्