काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

काजाकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै भारतले काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपधि हात पारेको हो। भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराएको हो।

यता, भारतले भने यसअघिको दुई संस्करणको खेल खेलेको थिएनन। डेब्यू प्रतियोगितमै भारतले उपाधि जित्न सफल भयो।

प्रतियोगितमा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो। आजै तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो।  

प्रकाशित मिति: : 2023-05-28 17:54:00

प्रतिकृया दिनुहोस्