नयाँ प्रेमी बाेकेर देश फर्किइन् पूर्वमीस नेपाल श्रृंखला खतिवडा

पूर्वमीस नेपाल श्रृंखला खतिवडा बुधबार बिहान काठमाडौँ आइपुगेकी छन्।

अमेरिकी अध्ययन सकेर स्वदेश फर्किएकी उनी नयाँ प्रेमी सम्भव स्वाँर सिरोहियासँगै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै काठमाडाैँ आएकी हुन्।

टर्किस एअरको उडान नम्बर टीके ७२६ मा सन् २०१८ की मीस नेपाल खतिवडा बिहान सवा ६ बजे काठमाडौँ आइपुगिन्। उनीसँगै नयाँ प्रेमी सम्भव पनि काठमाडौं आएका छन्।

पूर्वमीस नेपाल खतिवडाले अमेरिकाको प्रतिष्ठित हावर्ड विश्वविद्यालयबाट सहरी विकास विषयमा स्नातकोत्तर गरेकी हुन्। उनले स्नातकोत्तर गरेको खुशीको क्षणलाई तस्वीरमार्फत शेयर गरेकी छन्।

श्रृंखलाका बुवा विरोध खतिवडा, आमा मुनु सिग्देल र भाइ पनि उनको ग्राजुएसन समारोहमा सहभागी भएका थिए।

प्रकाशित मिति: : 2023-05-31 10:41:00

प्रतिकृया दिनुहोस्