एमालेले भन्याे– प्रधानमन्त्रीकाे भारत भ्रमणमा नेपालकाे चाहना खासै सम्बाेधन भएन

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे भारत भ्रमणका क्रममा नेपालकाे चाहना सम्बाेधन नभएकाे प्रतिक्रिया दिएकाे छ। पार्टी महासचिव शङ्कर पाेखरेलले प्रधानमन्त्रीकाे भारत भ्रमणमा नेपालकाे चाहनाकाे सम्बाेधन नभएकाे तर भारतकाे चाहनामा आँखा चिम्लिएर सहमति गरिएकाे प्रतिक्रिया दिए।

‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्बाेधन हुन सकेन। भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो,’ उनले भने। यद्यपि, भ्रमण सफल भयाे भन्नुपर्ने बाध्यतामा नेपाल रहेकाे उनकाे भनाइ छ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणकाे लागि बुधबार भारततर्फ प्रस्थान गरेका थिए। उनले आज (बिहीबार) भारतका प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेटवार्ता गरी विभिन्न सम्झाैतामा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: : 2023-06-01 16:17:00

प्रतिकृया दिनुहोस्