नक्कली कागजातका आधारमा नागरिकता बनाउन काठमाडौंका वडाध्यक्ष नै संलग्न

काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गत ९ जेठमा एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । 

अदालतमा पेस भएको अभियोग पत्रअनुसार केसीले नक्कली कागजातका आधारमा मोरङ मिक्लाजुङ गाउँपालिका– २ का ३३ वर्षीय नयन नेपाल भनिने विनोदराज शिवालाई नागरिकता बनाउन सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा उनले २५ साउन ०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २७–०१–७९–०७२५४ नं. को नागरिकता लिएका थिए । 

प्रकाशित मिति: : 2023-06-02 05:49:00

प्रतिकृया दिनुहोस्