प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक मंगलबार बस्दैछ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट हुने छ भने राष्ट्रिय सभाको बैठक दिउँसो ११ बजेर ११ मिनेटबाट सुरू हुनेछ ।

राष्ट्रिय सभाकाे बैठकमा आजबाट बजेटमाथिको छलफल सुरू हुनेछ । राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै गरेको भारत भ्रमणको जानकारी गराउने कार्यसूची राखिएको छ ।

प्रधानमन्त्री खप्तड जाने तयारी भएकाेले राष्ट्रिय सभामा भ्रमणबारे जानकारी गराउने भन्ने टुङ्गाे नभइसकेको उनको सचिवालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: : 2023-06-06 06:43:00

प्रतिकृया दिनुहोस्